बन्ने भो ‘मदहोस’ मोडल सृजनाको डेब्यु


सेलिब्रेटी नेपाल
काठमाडौँ । मुभी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति रहने नयाँ चलचित्र ‘मदहोस’ को गीत रेकर्डिङ्ग गरिएको छ । चलचित्रको ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकर्डिङ्ग गरिएको हो । एसके अधिकारीको शब्द रहेको उक्त गीतमा बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ ।

जसमा नित्या शिवा, बाबुल गिरी तथा सन्तोष प्रगाढले स्वर दिएका छन् । निर्देशक एसकेअधिकारीको लेखन तथा निर्देशनमा रहने चलचित्र ‘मदहोस’ले समाजमा विद्यमान यौन हिंसाको शिकार भएका युवा युवतीको समस्यालाई उठान गर्नेछ ।

चलचित्रमा शिक्षित बेरोजगार युवाहरुको उत्पीडन, सामाजिक संजालमा देखिएका युवायुवती बीचको समस्याको वरिपरिको कथा घुमेको छ । ‘मदहोस’ मा विक्रम कार्की को छायांकन रहने छ, भने राजन महर्जनको कोरियोग्राफी रहने छ ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरि सकेकी मोडल सृजना बस्नेतले यसै चलचित्र मार्फत डेब्यु गर्दै छिन् । सृजनासंगै दिपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल, सलिना खड्का तथा प्रियंका अधिकारी लगायतका कलाकारहरु मुख्य भूमिकामा रहने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.