राजेश पायल फाउण्डेशनलाई ‘जय भोले’को सहयोग


सेलिब्रेटी नेपाल
काठमाडौं ।
चलचित्र ‘जय भोले’ यूनिटले राजेश पायल राई फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा कलाकार अशोक शर्माले फाउण्डेसनका संस्थापक तथा गायक राजेशपायल राईलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । २०६५ सालमा फाउण्डेशन स्थापना गरि गायक राईले अनाथ बालवालिकालाई सहयोग गर्दै आएका छन् ।

गायक राईले अशोकको ‘गरिब’ चलचित्रमार्फत पाश्र्व गायनमा प्रवेश गरेका थिए ।
आफ्नो चलचित्रमार्फत पाश्र्व गायनमा प्रवेश गरेका राई अहिलेका व्यस्त गायक बन्न सफल भएकोमा अशोकले खुसी व्यक्त गरे । उनले आफूहरुको सहयोगले फाउण्डेशनलाई सानो भएपनि सहयोग मिल्ने विश्वास व्यक्त गरे । यता राजेशपायले धन्यवाद दिँदै लामो समयपछि पुनः अशोकको चलचित्रमा जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनले आफ्नो सांगितिक कमाईको ५ प्रतिशत रकम फाउण्डेशनलाई छुट्याउँदै आएको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.