‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’लाई करोड दर्शक, केक काटेर सेलिव्रेशन


काठमाडौं । चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले छोटो समयमै युट्युवमा एक करोड बढी भ्युज पाएको छ । दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर रहेको यो गीतलाई अपलोड गरिएको ३६ दिनमा एक करोड भन्दा बढी पटक हेरिएको हो ।

यसैबिच गीतले १ करोड भ्यूज पाएको उपलक्ष्यमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले खुसीयाली साटेको छ । संगीतकार दीपक शर्माको जन्मदिन पनि बिहिबारनै परेकाले युनिटले रेडियो अडियोको कार्यालयमा केक काटेर दोहोरो खुसीयाली साट्यो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायत उपस्थित थिए ।

सो अवसरमा कलाकार तथा निर्माता दिपकराज गिरी, निर्देशक दीपाश्री निरौलाले छोटो समयमा नै गीतलाई दर्शकले माया देखाएको भन्दै चलचित्रले पनि माया पाउने विश्वास व्यक्त गरे। कविराज गहतराजको कोरिगोग्राफि रहेको यस गीतको भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, संजोग कोइराला, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत र दीपाश्री निरौलालाई हेर्न सकिन्छ । चलचित्र दशैंको अवसर पारेर रिलिज हुँदैछ ।

हेर्नुहोस् ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा’ गीतको भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.