‘जय भोले’ ट्रेलर सार्वजनिक, स्वस्तिमाका लागि सौगात र खगेन्द्रको भिडन्त


सेलिब्रेटी नेपाल
काठमाडौं । अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा कमेडी, द्धन्द्धको पाटोले प्राथमिकता पाएको छ । ट्रेलरमा नायिका स्वस्तिमा खड्काका लागि नायक खगेन्द्र लामिछाने र सौगात मल्ल एकआपसमा भिडन्त गर्दैछन् । खगेन्द्र, सौगात, स्वस्तिमाका साथमा चलचित्रमा बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मि गिरी, जयानन्द लामा, सुरविर पण्डित, शारदा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन ।

चलचित्रमा राजनराज शिवकोटीको संगीत छ । चलचित्रको निर्मातामा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा रहेका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा राजु ढुंगानाको सम्पादन छ । चलचित्रमा समावेश गितमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

यसअघि सार्वजनिक गरिएको ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतले अहिले चर्चामा छ । चलचित्र दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।