जुरायो जुरायो भन्दै साम्राज्ञी र शारुक ‘इन्टु मिन्टु लण्डनमा’ अर्को गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को गीत अर्को सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका दुइ मुख्य पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्राकारलाई फिचर्ड गरिएको छ । चलचित्रमा समाबेश दुइ गीत र चलचित्रको ट्रेलर केहि समय पहिले नै सार्बजनिक भई सकेका छन् । सार्बजनिक तेस्रो गीतमा इन्गेजमेन्टको माहोल तयार पारिएको छ । सार्बजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने गीतमा राजेश पायल राइ र मेलिना राइको स्वर रहेको छ । सार्बजनिक गीतमा बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्रमा प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराको लगानी रहेको छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.