फोर्ब्सको बढी कमाउने सुचिमा सलमान र अक्षय


सेलिब्रेटी नेपाल काठमाडौँ

फोर्ब्सले विश्वमै सबैभन्दा धेरै कमाई गर्ने अभिनेताहरुको सूची जारी गरेको छ । धनाढ्य एक्टरहरुको सूचीमा पहिलो नाम हलिउड अभिनेता जर्ज क्लूनीको रहेको छ । पहिलो स्थानमा रहेका अभिनेता जर्ज क्लूनीको आय २३ करोड ९० लाख डलर देखाइएको छ । दोस्रो नम्बरमा आएका डवेन जनसन द रक दोस्रो नम्बरमा आएका छन् । यसको आय १२ करोड ४० लाख देखाइएको छ । आयरमैन रबर्ट डाउनी जूनियरको वार्षिक आय आठ करोड १० लाख देखाइएको छ ।

फोर्ब्सको वर्ल्ड हाइएस्ट पेड एक्टर्सको लिस्टमा अक्षय कुमार वार्षिक २८३.५ करोड रुपैयाँ कमाईका साथ सातौं स्थानमा छन् भने सलमान खान वार्षिक २६९.५ करोड रुपैयाँ कमाएर नवौं स्थानमा छन् । अक्षय पछिल्लो वर्ष यो सूचीमा एक स्थान पछाडि थिए । तर शाहरुख खानले यो टप १० सूचीमा स्थान बनाउन सकेनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.