सन्नी लियोनी र विक्कीको रोमान्स बेलायतमा शुरु


सेलिब्रेटी नेपाल काठमाडौँ

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पासवर्ड’ को बेलायतका विभिन्न स्थानमा छायांकन शुरु भएको छ । सिनेम्याक्स लण्डन लिमिटेड संगको सहकार्यमा बन्न लागेको चलचित्रमा ‘ह्याप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा,बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार रहेका छन् । चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको समेत अभिनय रहनेछ । सन्नीले चलचित्रका मुख्य अभिनेता जोशीसँग स्क्रिन सेयर गर्नेछिन् ।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशन हुनेछ । सौरभ लामाको छायांकन रहेको चलचित्रलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहने चलचित्रका गीतहरुलाई रामजी लामिछानेले कोरियोग्राफी गर्नेछन् । अमित बस्नेत र हिरल जोशी निर्माता रहेको चलचित्रलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटिश फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको छ। चलचित्रको ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा हुनेछ भने बाकी १० प्रतिशत मात्र नेपालमा हुनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.