सेलिब्रेटी नेपाल काठमाडौँ
चौथो विएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड सम्पन्न भएको छ । ‘अनुजलाई अवसर अग्रजलाई आदर, नेपाली गीतसङ्गीतको विकास र विस्तार’ भन्ने नारा सहित चौथो नेशनल क्यापीटल लाइफटाइम अवार्ड राजधानीमा आइतबार सम्पन्न भएको हो । अवार्डमा दीपक जंगमलाई लाइफटाइम अवार्ड प्रदान गरिएको छ भने साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिएको छ ।
विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् साँस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गरिएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गरिएको हो । समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।