‘कथा काठमाण्डु’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘कथा काठमाण्डु’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो सार्वजनिक ट्रेलरमा चलचित्रको केहि समय अघि सार्बजनिक गीत ‘रातको कुरा’ को भिडियोमा जस्तै बोल्ड र इन्टिमेट दृश्यलाई विशेष स्थान दिइएको छ ।

चलचित्रमा काठमाडौंमा आफ्नो जीविको पार्जनको लागी मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गरिएको छ । जहाँ माया, प्रेम र जीवन भोगाईलाई तीन फरक कथा मार्फत प्रस्तुत गरिएको छ । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगाएतका कलाकारको अभिनय रहेको छ ।

संगीता श्रेष्ठले चलचित्रको निर्देशन गरेकी हुन् । अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बास्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.