सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री पूजा शर्मा अहिलेकी चर्चामा रहेकी अभिनेत्री हुन् । सुरुवातमा सफलता कमाउन नसकेकी पूजाको फ्यान फलोविङ गज्जबकै छ । तर, उनका अभिनयका भन्दा पनि धेरै फ्यान विवादित र प्रेमप्रसंग र अन्तर्वार्ताका छन् । रोचक कुरा त के छ भने ८ फिल्म सम्म आइपुग्दा पूजाले उत्कृष्ट अभिनेत्रीको कुनै पनि अवार्ड जित्न सकेकी छैनन् । ‘मेरो बेस्ट फ्रेण्ड’ र ‘थ्री लभर्स’मा सहायक भूमिका निर्वाह गर्दासम्म पूजालाई कसैले चिन्दनथे । सुदर्शन थापासँगको प्रेममा परेपछि उनले ‘मधुमास’, ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’मा काम गर्ने मौका पाइन् । र यो मौका दिने पूजाकै प्रेमी सुदर्शन थिए । सुदर्शनले ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ निर्देशन गरेका थिए भने पूजाकै लागि ‘अझै पनि’मा लगानी गरिदिएका थिए । त्यो पनि ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’मा आफै हिरो भएर ।
तर, दुर्भाग्यबस यी कुनै पनि फिल्म चलेनन् । न त सुदर्शनलाई हिरोमा रुचाइयो । नत, पूजा हिरोइनमा चलिन । पाँच चलचित्र चल्दासम्म पूजालाई कसैले पनि नोटिस गरेका थिएनन् । उस्तो त सुदर्शनले पुर्वप्रेमिका सुष्मा कार्कीलाई ‘मेरो लभ स्टोरी’मा गेस्टको रुपमा भित्र्याएर ‘के यो माया हो’मा लिडमा स्थान दिएका थिए । यी मध्ये सुष्माले अभिनय गरेको ‘के यो माया हो’ सुपरफ्लप भएको थियो ।
त्यस्तै सुदर्शनले निर्देशन गरेको ‘धन्दा’ले पानी माग्न पनि पाएको थिएन । सुदर्शनले बनाएका ७ चलचित्र मध्ये २ ले मात्र लगानी उठाएका थिए । त्यस्तैमा नेपाली चलचित्रमा पैसाको खोलो बगाउन पछि नहट्ने सन्तोष सेनको ठुलो लगानीमा ‘प्रेमगीत’ निर्देशन गरे । सन्तोषले यसअघि ‘चंखे शंखे पंखे’मा लगानी गरेर करोडौं गुमाइसकेका थिए ।
त्यतिबेला चलचित्र क्षेत्रको बारेमा खासै जानकार नरहेका सन्तोषले पूजा माथि पुन: लगानी गरे । ‘प्रेमगीत’बाट प्रदीप खड्का पनि अरुको लगानीमा फिल्म खेल्ने पहिलो चान्स पाए । प्रदीपले ‘प्रेमगीत’ गाडी ‘इस्केप’ नामक फिल्ममा लगानी गरेर लाखौँ डुबाइसकेका थिए । प्रदीप, पूजा, सुदर्शन र सन्तोषलाई अगाडीको सफलताले ‘प्रेमगीत’मा निकै प्रेसर थियो । तर, यी चारलाई सेफल्याण्डिङ गराए संगीतकार अर्जुन पोखरेलले ।
‘प्रेमगीत’ सफल हुनुको प्रमुख कारण संगीतकार पोखरेललाई पनि मानिन्छ । उनका संगीतवद्द गीतले ‘प्रेमगीत’लाई चर्चा दिलाएका थिए । ‘प्रेमगीत’ सफल भयो । त्यसपछि चारैजना सफलताको शिखर तर्फ लम्किए । तर, कामबाट भने दर्शकलाई सन्तुष्टि दिन सकेकन । प्रदीप र पुजाले अभिनय गर्न नजान्दा अहिले पनि आरोप खेपिरहेका छन् भने । सन्तोषले निर्माण गरेको ‘प्रेमगीत २’ र सुदर्शनले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु’ले समिक्षकबाट राम्रै गालि भेटेका थिए ।
‘म यस्तो गीत गाउँछु’बाट निर्मात्री बनेकी पुजाले सुदर्शनसँग मिलेर ‘रामकहानी’ बनाइन । जुन यहि भदौ २२ गते रिलिज हुँदैछ । पहिले औसत चर्चामा रहेको चलचित्र अहिले चर्चामा छ । र, त्यसको प्रमुख कारण प्रदीप खड्का हुन् । प्रदीपले अभिनय गरेको ‘रोज’ पहिलो औसत चर्चामै थियो । जब ‘रामकहानी’सँग भिड्न तयार भयो । दुवैको पारोमिटरले आकास छोएको छ ।
यहाँनेर दुई बिग बजेटका चलचित्र जुध्दा दुवै पक्षलाई घाटा त अवश्य नै लाग्नेछ । यो विषयमा पहिले त पूजा रुष्ट थिइन् । यहाँसम्मकी उनले विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई तथानाम गालि र आरोप बर्साइन । पछि आपसी समझदारीमा अध्यक्ष पौडेलसँग वार्ता गरिन । सफल भएको बताइन । उता प्रदीप पूजासँग चलचित्र जुधाएर चर्चामा ल्याउन सजिलो हुने र बक्सअफिसमा सफल हुने धुनमा छन् । त्यसैमा प्रदीपको ‘रोज’ आफैमा विवादित छ । अहिले दुवै फिल्म आ-आफ्नो चलचित्रको प्रचारमा व्यस्त छन् ।
पूजा पनि प्रदीपको स्टारडमको फाइदा उठाउन अहिले चुप छिन । तर, के फिल्म जुधाएर चर्चामा ल्याउदैमा पूजा र सुदर्शन सफल होलान । उस्तो सुदर्शनले फिल्ममा सेफ बिन्दु खोज्दै ‘छक्का पन्जा’ सिरिजका हाँस्यकलाकार लिएका छन् । त्यसैमा कमेडी लभस्टोरी भनिएको फिल्ममा हरर मिसाएर दर्शक झुक्याउन खोजेको पूजाले एक कार्यक्रममा बोलेकी थिइन् । चर्चामै रहेका चलचित्र जुध्दा नराम्रैसँग चिप्लिएका उदाहरणहरु थुप्रै छन् यो क्षेत्रमा । त्यसैले के चर्चा पछिको असफलताले पूजा र सुदर्शनलाई पछ्याउला ?