आर्यन र सृष्टि स्टारर ‘बाँध मायाले’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

शबिर श्रेष्ठ निर्देशित आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा आर्यन र सृष्टिको माया प्रेम र द्वन्दको दृश्यले स्थान पाएको छ । ‘बाँध मायाले’लाई काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेका हुन् चलचित्रका कार्यकारी निर्माता केदार धिताल हुन् ।

‘बाँध मायाले’बाट किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गर्दैछन् । चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ । चलचित्र असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.