‘इन्टु मिन्टु’ प्रोमोसनमा साम्राज्ञी र धिरज ९ वटा शहरमा


सेलिब्रेटी नेपाल काठमाडौँ

असोज ५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले मोफसल टुर गर्ने भएको छ । जसमा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको सहभागिता रहनेछ । निर्देशक रेनेशा वान्तवा राईले गराएको जानकारी अनुसार चलचित्रको मोफसल टुर भदौ १६ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ । त्यसपछी १७ गते दमक , २२ गते इटहरी र बिराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ नेपालगन्ज पुगेर चलचित्र निर्माण टिम काठमाडौं फर्किने छ ।

कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्रमा प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराको लगानी रहेको छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.