‘चौका दाउ’ पहिलो गीत राधा पियारी सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘चौका दाउ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘राधा पियारी’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्तका साथमा भिमफेदी गाइजलाई फिचर गरिएको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चौका दाउ’ को सार्बजनिक गीतमा बरिस्ट संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा स्वर रहेको छ गीतमा फिमेल स्वरमा कोमलराज भण्डारीले साथ दिएकी छिन् भने गीतको शब्द गीतकार श्रीपुरुष ढकाल र दयाराम पाण्डेले मिलेर लेखेका हुन् । ‘चौका दाउ’ को कथा पनि संगीतकार बास्कोटाले नै तयार पारेका हुन् । सार्वजनिक गीतमा भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको चलचित्रलाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्र आगामी कार्तिक ९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.