ऋषि धमलाको प्रस्तुति रहेको अनुराग ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
असोज १२ गते देखि प्रदर्शनमा आउने म्युजिकल लभस्टोरी चलचित्र ‘अनुराग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा माया प्रेम , रोदन विछोडको कथालाई समेटिएको छ । ऋषिराज धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई उनकी पत्नी एलिजा गौतमले निर्माण गरेकी हुन् । चलचित्र अनुरागबाट धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डित नेपाली चलचित्रमा डेव्यु गर्दैछन् ।

सत्यराज चौलागाईले निर्देशन गरेको चलचित्रमा एलिजा र समुन्द्रका अलवा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । अनुरागमा किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा रहेको छ चलचित्रमा भरत गौतम र गीता भेटवालको पनि लगानी रहेको छ । रामकुमार केसीले छायांकन गरेको चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.