सुर्य ईन्टरनेशनल अवार्डको भोटिङ सुरु


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी भाद्र ३१ गते जापानमा हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को भोटिङ प्रक्रिया भाद्र १५ बाट शुरु हुने आयोजक संस्था सुर्य कर्पोरेशनले जनाएको छ । चलचित्र र संगीत दुई तर्फबाट १२ वटा विधामा अवार्ड वितरण गर्न भोटिङ गर्नुपर्नेछ । गुगल एकाउण्टमा मेल आईडी हुनेहरु र फेसुबुक आईडी हुनेहरुले विश्वभरबाट आफुलाई मन परेको कलाकारलाई निशुल्क भोटिङ गर्न सकिनेछ । भाद्र १५ गतेदेखी भाद्र ३० गते राति १२ बजे सम्मको भोटिङलाई मान्यता दिने आयोजक संस्थाले जनाएको छ । पपुलर अवार्ड भएको कारण भोटिङ प्रक्रिया राख्न लागेको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

आफुलाई मन परेको कलाकारलाई भोटिङ गर्नको लागि सबै भन्दा पहिले सुर्य ईन्टरनेशनल अवार्ड डट कममा जानु पर्नेछ । त्यसपछि त्यसमा भएको नोमिनिज शिर्षकमा गई नोमिनिज विधाहरु हेर्न सकिनेछ । नोमिनिज विधामा क्लिक गरेपछि उत्कृष्ट पाँचको प्रोफाइल खुल्नेछ । उत्कृष्ट पाँचको वारेमा छोटो परिचय समेत समावेश गरिएको छ । उत्कृष्ट पाँचको प्रोफाइल संगै भोट भन्ने रातो बटम राखिएको छ । त्यसमा क्लिक गरेर आफ्नो आईडी र पासवर्ड राखेपछि भोटिङ हुनेछ । गुगलमा भएको एकाउण्ट आईडी बाहेक फेसबुक आईडीबाट लग ईन गरि पनि विश्वभरबाट निशुल्क भोटिङ गर्न सकिनेछ । यसरी गरिएको भोटिङ एक विधामा एक जनालाई मात्र गर्न सकिनेछ । भोटिङबाट आएको कुल मतको आधारमा जापानको टोकियोमा भाद्र ३१ गते हुने भव्य अवार्ड समारोहमा उत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका नेपाल व्यवस्थापक समीर बलामीले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.