‘तिमी र म’ भन्दै कविर र सूर्या


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लम्फू’ बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक कविर खड्का नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। उनि ‘तिमी र म’ नामक चलचित्रमा अनुबन्धित भएका हुन्। शरद पोखरेल र मट्ट विलियमले संयुक्त निर्देशन गर्ने यस चलचित्रमा कविरको जोडी भएर नव नायिका सूर्या थापा देखिने छिन्। लभ स्टोरी जनरामा निर्माण हुने यस चलचित्रका लागि अन्य कलाकारको भने तय भएको छैन। कमला पोखरेल, भुषण पोखरेल र चन्द्रबहादुर खड्काकाे संयुक्त लगानी रहने चलचित्रको केही अंश मात्र नेपालमा छायांकन गरिने छ भने ९५ प्रतिशत छायांकन अष्ट्रेलियामा हुनेछ। जनवरी महिनाको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको पटकथा राजेन्द्र महर्जनले लेखिरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.