बन्ने भो ‘गीत गजल’, रुप र आरोहीको जोडी पर्दामा


सेलिब्रेटी नेपाल काठमाडौँ

‘जोनी जेन्टलम्यान’ फेम निर्देशक नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने दोस्रो चलचित्रको नाम ‘गीत गजल’ जुराएका छन् । अघिल्लो चलचित्रमा नायक पल शाह र आँचल शर्माको जोडी बनाएर काम गरेका उनले ‘गीत गजल’मा नयाँ कलाकारसँग काम गर्दैछन् ।

नितिनले ‘गीत गजल’मा मुख्य कलाकारमा रुप पोखरेल र आरोही सिंहलाई अनुबन्ध गरेका छन् । विग बजेटमा निर्माण हुने चलचित्रलाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । लभस्टोरी जनरामा निर्माण हुने सिनेमाको लागी मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता आरोहण क्षेत्रीले बताए । चलचित्रको भाद्र अन्तिम साताबाट छायांकनमा जाने गरि अहिले धमाधम प्रि-प्रोडक्सनको काम भईरहेको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.