कोया कटरको’ भन्दै प्रशान्त र दियाको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘कस्मिक लभ’ को पहिलो गीत सार्बजनिक गरिएको छ । ‘कोया कटरको’बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल फिचर छन् । रामचन्द्र काफ्ले र लक्ष्मीको आवाज रहेको उक्त गीतमा संगीत भने बाबुल गिरिको रहेको छ । दिनेश सुबेदीको शब्द रहेको गीतलाई रविन शाहले कोरियोग्राफी गरेका छन ।

मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको चलचित्रको प्रस्तुतकर्ता सुरज प्रधान हुन् । जय गौतम निर्माताको रुपमा रहेको चलचित्रमा कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी र डी.एन दाहाल रहेका छन्। चलचित्रमा एस के अधिकारी तथा शेखर ज्ञवालीको लेखन रहेको छ भने,संगीत बाबुल गिरी तथा गीत एस के अधिकारी र दिनेश सुवेदीको रहेको छ। चलचित्रको प्रदर्शन मिति तय भई सकेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.