फ्लोरिडाको मनोरञ्जन कम्प्लेक्समा गोली चल्यो, ३ को मृत्यु ११ घाइते


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

अमेरिकाको फ्लोरिडामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो । ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो ।फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो । ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो ।

गोली हान्ने व्यक्ति डेभिड काट्ज नामका २४ वर्षीय युवक भएको खुलेको छ । बीबीसीका अनुसार बाल्टिमोरका उनले गोलाबारीपछि आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । गेममा हार व्यहोरेपछि युवकले गोली चलाएको खबर स्थानीय सञ्चारमाध्यमहरुले प्रकाशमा ल्याए पनि प्रहरीले भने इन्कार गरेको छ । यसबारे अनुसन्धान भइरहेकाले अहिले नै त्यसको कारण ठोकुवा गर्न नसकिने प्रहरी भनाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.