सेलिब्रेटी नेपाल काठमाडौँ
कथा ईभेन्टले आयोजना गरेको ‘मिस हिमालय नेपाल २०१८’ सम्पन्न भएको छ । ८० जना प्रतिष्पर्धीहरू मध्ये १६ जना प्रतिस्पर्धाहरूले मिस हिमालय २०१८ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस हिमालयको ग्रान्ड फिनाली ईमेज च्यानलमा प्रत्यक्ष प्रसारण भएको थियो कथा ईभेन्टका चेयरमान गनिका गुरुङले मिस हिमालय नेपाल अहिलेको सबैभन्दा चर्चित राष्ट्र स्तरको प्याजेन्टको रूपमा स्थापना भइसकेको जानकारी दिए ।
ग्रान्ड फिनालीमा डिृस्टक गभर्नर लायन अनन्त बडुवालले प्रमुख निर्णायक को भूमिका निर्वाह गरेका थिए भने ईभेन्ट आयोजक तथा कोरियोग्राफर दिपक घिमिरे,एस्ट्रलोजर राज सिँह र नायिका रिस्ता वस्नेतले निर्णायको भूमिका निभाएका थिए ।
मिस हिमालय २०१८को ताज संखुवासभाकी सन्जु गुरुङको शिरमा सजिएको छ भने काठमाण्डौकी रक्षा आचार्य दोस्रो स्थानमा र हेटौडाकी रिजा महर्जन तेस्रो स्थानमा पर्न सफल भईन । विजेताले अमेरिका जान पाउने र न्युयोर्क फेसन नामक कार्यक्रममा भाग लिन पाउनुका साथै एक थान स्कुटर त्यसै गरी दोस्रोले नगद ५०,००० र ३५००० पाउने भाईस चेयरमान अनिल बुर्जा मगर बताए ।
मिस हिमालय २०१८ को भ्युवर च्वाइस बिराटनगरकी मोनिका बजाज,काठमाण्डौकी सम्झना गुरुङ मिस फ्रेन्डली,भैरवहाकी अस्मिता क्षेत्री मस्ट क्रियटिभ,गोर्खाकी सलिना श्रेष्ठ मस्ट कन्फीडेन्ट र कोरियोग्राफर च्वाइस,विजेता सन्जु गुरुङ मिस पर्सनालिटी र मिस मल्टीमीडिया,बुटवलकी सेन्जल पौडेल बेस्ट वाक र हेटौडाकी अन्जली रसाइलीले वेस्ट फिगर र नेपालगन्जकी प्रतिमा बूढा मगरले मस्ट ट्यालेन्टको उपाधि पाउन सफल भए । कथा ईभेन्ट र लायन्स क्लब अफ काठमाण्डौ क्रियटिभ युथले कार्यक्रममा २ जना बालकलाई छात्रवृति प्रदान गरिएको थियो ।