अनमोल स्टारर ‘क्याप्टेन’को फर्स्टलुक सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अनमोल केसीको खेलाडी लुक्सलाई फोकस गरिएको छ । जहाँ अनमोलले बल हान्दै गरेको देख्न सकिन्छ ।

जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा सिनेमा ‘क्याप्टेन’ ले बोल्छ ।

भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’मा यसपटक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन शेयर गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

‘क्याप्टेन’ मा सामिप्यराज तिमल्सिनाको लेखन,चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन रहेको छ। सुदीप बराल डिओपी हुन् भने चलचित्रलाइ नवराज उप्रेतीले छायांकन गरेका छन् । दिवाकर भट्टराई निर्देशित चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.