भूकम्पको कथामा ‘ब्ल्याक ईयर’ बन्ने भो


सेलिब्रेटी नेपाल काठमाडौँ

‘ब्ल्याक ईयर’ अर्थात कालो वर्ष नामक चलचित्र निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहर्त गरियो । महिला निर्देशक लक्षु गौतमले निर्देशन गर्ने चलचित्र लाइ योगेन्द्र पनेरुले निर्माण गर्ने छन् चलचित्रको छायांकन भाद्र १० गतेबाट सुरु गरिने छ । २०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिको कथामा यो सिनेमा निर्माण हुने निर्देशक गौतमले बताइन् । यो चलचित्रको सम्पुर्ण छायांकन काडमाडौं र ललितपुरमा गरिनेछ । यो चलचित्रमा रामेश्वर हुमागाँईको छायांकन रहनेछ ।

फोकस आउट मिडिया प्रा. लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाइ २०७६ सालको बैशाख १२ मा प्रदर्शन गरिने लक्ष्य रखिएको छ । चलचित्रमा सुरेन्द्र बुढाथोकी,रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.