अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक लिने साउथ सुपरस्टार


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

साउथ इण्डियाका सुपरस्टार चिरन्जीवीको जन्म सन् १९५५ अगष्ट २२ का दिन भएको थियो। उका पिता कन्सटेबल थिए।उनको बाल्यकाल गाउँमा बितेको थियो। उनी बाल्यकालदेखि नै अभिनयमा रुची राख्ने गर्दथे। चिरंजीवी एकमात्र यस्ता बलिउड अभिनेता हुन्, जसले सिंगल, डबल र ट्रिपल रोल भएको फिल्मले सय दिनसम्म बक्स अफिसमा कारोबार गर्ने रेकर्ड बनाएका छन्। उनी साउथ फिल्म इंडस्ट्रीमा पहिलो यस्तो स्टार हुन्, जसलाई सन् १९८७ मा आस्कर एकेडेमीले आफ्नो समारोहमा आमन्त्रित गरेको थियो। उनले १० पटक साउथ फिल्मफेयर अवार्ड प्राप्त गरेका छन्।

कुनै समय चिरन्जीवीको स्टारडम यस्तो थियो, उनले अमिताभ बच्चन भन्दा बढी पारिश्रमिक लिने गर्दथे। अमिताभको एक फिल्मको पारिश्रमिक एक करोड हुँदा चिरन्जीवीले साढे १ करोड भारु पारिश्रमिक लिने गर्दथे। चिरन्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो। आमाले नै नाम परिवर्तन गर्ने सल्लाह दिएपछि उनले आफ्नो नाम चिरन्जीवी राखेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.