‘रेनी’ को स्याड भर्सन ‘माया यो कस्तो माया’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेनी’ को ‘माया यो कस्तो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको गीतमा गायिका मेलिना राईको स्वर छ । चलचित्रका मुख्य कलाकार दीपक ढकाल र सनम मल्ल भिडियोमा फिचर्ड छन् ।

बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । नव-अभिनेत्री सनमले नै यस चलचित्रको कथा लेखेकी हुन् ।चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारि लगायतका कलाकारले अभिनय गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.