अमेरिकन प्रसिक्षक नृत्य सिकाउन नेपालमा


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ बजारमा रहेको भाइब इन्टरनेसनल डान्स स्कुलले बिदेशी प्रसिक्षक ल्याएर डान्स वर्कशप गर्न लागेको छ । आज आफ्नै स्टुडियोमा एक पत्रकार सम्मेलन गर्दै डान्स वर्क शपको बारेमा जानकारी गराईएको छ । अमेरिका बाट नृत्य प्रसिक्षक ब्रिटिनि अगुइलर नेपाल आएकी छिन । नेपालमा ८ दिन सम्म चल्ने उक्त वर्कशपमा अन्य दुइ जना बिदेशी प्रसिक्षकको पनि सहभागिता रहने उक्त डान्स स्कुलका संचालक इजिकेल परियारले बताए ।

आठ बर्ष देखि डान्स फिल्डमा नै काम गर्दै आइ रहेका परियारले भने ‘आफ्नो स्कुलका बिद्यार्थीहरुको क्षमता बृद्दी गर्ने र उनिहरुलाई इन्टरनेसनल लेभलको बनाउने उदेश्यका साथ बिदेसी प्रसिक्षकलाइ ल्याईएको हो’ । यहि वर्कशपको लागि अन्य दुइ जना बिदेशी प्रसिक्षक पनि आउने क्रममा रहेका छन् । कार्यक्रममा बक्सिङ्ग खेलका कोच ओम मास्केको पनि उपस्थिति रहेको थियो।