सेलीब्रेटी नेपाल फागुन ४ गते-बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोल बलिउड स्क्रीनका सर्वकालीन सर्वाधिक रोमान्टिक जोडी चुनिएका छन् । शाहरुख–काजोललाई फिल्म ‘दिलवाले दुल्हनिया लेजाएंगे र ‘कुछ कुछ होता हे’ फिल्मका आधारमा बलिउडको सर्वाधिक रोमान्टिक स्क्रीन जोडी चुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।ब्रिटेनको एक इन्डियन अनलाईन फिल्म पोर्टलले गरेको सर्वेक्षणमा काजोल–शाहरुख सर्वकालीन उत्कृष्ट ठहरिएका हुन् । उक्त पोर्टलले बलिउडका विभिन्न समयका अनस्क्रीन हिट जोडीहरुबीच यस्तो प्रतियोगिता गरेको हो ।प्रतियोगितमा शाहरुख–काजोलले आफ्नो समयका चर्चित जोडी धर्मेन्द्र–हेमा मालिनी, राजकपुर–नरगिस तथा अमिताभ बच्चन–रेखाको जोडीलाई पछाडि पारेको उल्लेख गरिएको छ ।उक्त पोर्टलले बलिउडको सर्वकालिन उत्कृष्ट अनस्क्रीन बलिउड जोडी चुन्न फेसबुक, ट्वीटर, ईमेल तथा पोर्टल आफ्नैमा भोटिङ जस्ता माध्यम अपनाएको थियो । यस सर्वेक्षणको परिणाम भ्यालेन्टाईन डेको अवसर पारेर सार्वजनिक गरिएको बताइएको छ ।
सम्बधित पोस्टहरु
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको...
‘दृश्यम ३’ ३ दिनमै २७२ करोड पार
एजेन्सी । अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ अहिले चर्चामा छ। विजय सालगाउँकरको कथा समेटिएको फिल्म अक्टोबर २, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज भएको हो। यो ‘दृश्यम’ फ्रेन्चाइजको हिन्दी संस्करणको...
भारतमा १३२ करोड कमाएको ‘हनुमान अंश’ नेपालमा रिलिज हुँदै
‘हनुमान अंश’ नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित फिल्म हो।
‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...
नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद
पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाए
‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
। सामाजिक सञ्जालमा आएका प्रारम्भिक प्रतिक्रियामा यशको अभिनय, उनको स्क्रिन प्रेजेन्स, एक्सन, सिनेमाटोग्राफी र प्रोडक्सन डिजाइनको प्रशंसा






