सेलिब्रेटी नेपाल काठमाडौँ
संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’को शीर्ष गीत ‘रातको कुरा…’ सार्बजनिक गरिएको छ । गीतमा कलाकार हरिबंश आचार्यले स्वर दिएका छन् । आचार्यको अलवा गीतमा बुलेट फ्लोको स्वर सुन्न सकिन्छ ।
सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई भिडियोमा समेट्ने प्रयास गरिएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरिको इन्टिमेट सिनका कारण चर्को आलोचना खेपेको यो चलचित्र निर्देशक संगीता आफैले लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्र तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।
चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका रहेको छ । अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत दिएका छन् । चलचित्र असोज १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।