भ्यालेन्टाइनमा कन्डमको बिक्री दोब्बर


सेलीब्रेटी नेपाल फागुन ४ गते-प्रेम दिवसका रुपमा चिनिएको ‘भ्यालेन्टाइन डे’ का दिन गुलावको फूल उपहार सामग्री, कार्ड, चक्लेटलगायतको माघ बढ्नु नौलो होइन् । तर, यस बर्षको भ्यालेन्टाइन डेका दिन कन्डम र यौन उत्तेजना बढाउने औषधि भियग्राको समेत व्यापार ह्वात्तै बढेको पाइएको छ ।अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेमा कन्डमको बिक्री झन्डै दुई गुणा र भियग्राको व्यापार झन्डै ४० प्रतिशतले बढेको औषधि व्यवसायीले बताएका छन् । न्यूरोड खिचापोखरीस्थित कन्डम हाउसका सञ्चालक युवराज न्यौपानेका अनुसार बिहीबार कन्डकको बिक्री दोब्बर बढेको छ । कन्डम हाउसमा अन्य दिनमा पाँच सयको हाराहारीमा बिक्री हुने कन्डमका प्याकेट यस दिन हजारभन्दा बढी बिक्री भएको खबर छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.