रेनी अभिनेत्री सनमको जन्मदिन, उमेर भने गोप्य


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रेनी’ की अभिनेत्री सनम मल्लले आफ्नो जन्मदिन मनाएकी छन् । आइतवार राजधानीमा एक कार्यक्रमका बीच उनले बर्थ डे केक काटिन् उनलाई जन्मदिनको शुभकामना दिन आफन्तदेखि चलचित्रका अभिनेता दीपक ढकाल पुगेका थिए । भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रेनी’ बाट डेब्यु गरेकी समनले बर्थ डे केक काटेपनि उमेर भने खुलाउन चाहिनन् ।

उनी जन्मदिन मनाउँदै गर्दा डेब्यु चलचित्रलाई लिएर उत्साहित देखिएकी थिइन् । उनी भन्छिन्, ‘चलचित्र क्षेत्रमा नै केही गर्ने अठोट छ । सबैको साथ र सहयोगको अपेक्षा राखेकी छु ।’ उनी ‘रेनी’ लाई दर्शकले रुचाउनेमा पनि विश्वस्त सुनिइन् ।सनम चलचित्रकी स्क्रिप्ट राईटर र गीतकार समेत हुन् । उनी ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको बताउँछिन् । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको उक्त चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.