‘सेक्स कमेडी मिस्टर भर्जिन पुरा रमाइलो चलचित्र बनेको छ’ निर्माण टिम (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भोलि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर भर्जिन’ ले राजधानी काठमाडौँमा पत्रकार भेटघाट गर्दै चलचित्रको बारेमा थप जानकारी गराएको छ । चलचित्रका मुख्य कलाकारहरु गौरब पहाडी,कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा तथा निर्देशक विशारद बस्नेत र निर्माता द्वय कार्यक्रममा उपस्थित भएका थिए । निर्देशक विशारद बस्नेतले कार्यक्रममा बोल्दै ‘चलचित्र जुध्नु र हल कति पाउने भन्ने निर्माण टिमको हातमा नभएको बताए’ उनले थपे ‘चलचित्र राम्रो बनेको छ दर्शकले दुइ घण्टा पुरा मनोरंजन पाउने छन्’ कार्यक्रममा बोल्ने जति सबैले चलचित्र रमाइलो बनेको र पुरा मनोरंजन दिने बताए ।

कार्यक्रममा कलाकार कमलमणि नेपालले भने ‘सेक्स कमेडी मिस्टर भर्जिन छाडालाइ मिलायर राम्रो बनाउने प्रयास गरिएको छ र जवान हुँदा युवा युवतीले महसुस गर्ने कुरा लाइ चलचित्रमा मुख्य बिषय बनाईएको छ ।’

विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रको कथा पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.