‘सुर्यास्त’ छायांकन सकियो, किशोर संग देखिइन् हट अप्सरा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘सुर्यास्त’ को आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइले पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् ।

राज बस्न्यातको निर्माण निर्देशन रहेको यो चलचित्र ‘सुर्यास्त’ मा किशोर खतिवडा , प्रज्वल गिरि , अप्सरा राइ , पनाह अधिकारी , रितेश श्रेष्ठ काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रका गीतमा बिकाश चौधरी र जनम राइको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकि हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.