‘रोजी’ पात्र लुक्स आउट एक पात्र, चार मुड, चार द्धन्द्ध


सेलिब्रेटी नेपाल काठमाडौँ

हिसाब गर्नूस, औषतमा एउटा एक्टरले एउटा चलचित्र भित्र कतिवटा चरित्र चित्रण गर्छ ? एक, दुई वा तीन ? तर, भदौ २२ गते रिलिज हुने क्राइम थ्रीलर ड्रामामा प्रदीप खड्कालाई फोर एक्टमा देख्न सकिन्छ ।

उनले एउटै चलचित्रभित्र चारवटा चरित्र चित्रण गरेका छन् । ‘रोजी’ निर्माताले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरे । ती चार पात्रमा मुड, मनस्थिती र मनोदशाका अलग आकृति महसुस हुन्छन् ।

पहिलोमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइप । ‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ उनी सुनिए, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश ।’

नीरक पौडेल निर्देशित चलचित्रले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । नेपाली बक्स अफिसका यी डार्लिङ अभिनेताको पात्र लुक्स पक्कै पनि फ्यानलाई सरप्राइज हुनसक्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.