६८ वर्षका अभिनेता बाबु बन्दै


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
हलिउड अभिनेता रिचर्ड गेरे दोस्रो पटक पिता बन्न लागेको खबरका कारण चर्चामा रहेका छन् । रिचर्ड गेरेकी दोस्री श्रीमती ३३ वर्षीया एलेजेन्ड्रा सिल्वा गर्भवती छिन् । ‘प्रिटी वुमन’ का अभिनेताले सिल्वासँग चार वर्ष सम्बन्धमा रहेपछि यसै वर्ष अप्रिलमा स्पेनमा एक साधारण समारोहक बिच विवाह गरेका थिए । त्यसपछि उनले न्यूयोर्कस्थित आफ्नो घरमा परिवारका सदस्य र साथीभाइका लागि विवाह पार्टीको आयोजना गरेका थिए ।

यसै महिनाको अन्त्यमा आफ्नो ६९ औं जन्मदिन मनाउने तयारीमा रहेको उनको पहिलो श्रीमती लोवेलसबाट १८ वर्षीया छोरा छन् । यस्तै, सिल्वाको आफ्नो पूर्व पती गोबिन्द फ्रिडल्याण्डबाट पाँच वर्षीय छोरा अलबटरे छन् । पूर्व श्रीमानसँग सम्बन्धविच्छेदको प्रक्रियाका बेला सिल्वाको भेट गेरेसँग भएको थियो ।

स्मरण रहोस्, रिचर्ड अमेरिकी सिनेमा र टेलिभिजनका चर्चित अभिनेता हुन् जसले अहिलेसम्म थुप्रै फिल्म र टेलिभिजन शोमा काम गरेका छन् । उनी ४० वर्षदेखि अभिनयको क्षेत्रमा सक्रिय छन् । रिचर्डले आफ्नो भारत भ्रमणका क्रममा एक कार्यक्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई चुम्बन गरेका थिए जसका कारण उनी विवादमा मुछिएका थिए ।