चलचित्र मैना सित्तैमा हेर्न पाउने



सेलीब्रेटी नेपाल फागुन ३ गते-काभ्रेकी १५ बर्षे विद्यार्थी मैना सुनार माथिको घटेको एक सत्य घटनामा आधारित फिल्म मैना हेर्ने आउने मैना नाम गरेकी महिला लाई चलचित्र सित्तैमा हेर्न पाउने गरिएको छ निर्माण पक्षका अनुसार विद्यार्थीलाई २५ प्रतिशत छुट दिईनेपनि निर्णय गरेको बतायको छ । भोली देखि देशभरिका ३३ वटा हलमा रिलिज हुन लागेको चलचित्र हेर्न विशेष गरी विद्यार्थी नछुटुन भन्दै निर्देशक केपी पाठकले यो स्किम ल्याएको बताए । उनले भने ‘विद्यार्थी माथिको घटेको यो घटना सवै विद्यार्थीले हेर्नु पर्छ जस्तो लाग्यो त्यसैले हलले तोकेको निर्धारित टिकटमा २५ प्रतिशत छुटको ब्यवस्था गरेका छौ हामीले ।’ तर विद्यार्थीहरु फिल्म हेर्न आउदा सामुहिक रुपमा कलेज वा स्कुलको सिफारिसमा आउनु पर्ने पाठकको भनाई छ । काभ्रेको खरेलथोककी १५ बर्षिया मैनालाई २०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएको थियो जसलाई निर्देशक केपीले मार्मिक ढङ्गमा पर्दामा उतारेका छन् । भोलि देखि मैनासंगै रङ र मावन पनि रिलिज हुदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.