आज भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवस



सेलीब्रेटी नेपाल फागुन ३ गते-आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस, विश्वभरमा एकआपसमा मायाप्रेम साटासाट गरेर यो दिवस मनाइदैछ । खासगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरेको पाइन्छ । भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवसको स्वागतमा राजधानीका युवा जमात जुटेको छ। सहरका गिफ्ट पसलमा प्रेमीप्रेमिकाका लागि उपहार किन्नेको भीड लागेको छ। पसलेहरु गुलाबका थुँगा बेच्नमा व्यस्त छन्। ‘प्रत्येक वर्ष भ्यालेन्टाइन डे मनाउनेको संख्या बढ्दो छ,’कमलादीस्थित फ्लावर्स् जोनका राजु तामाङले भने, ‘पोहोर ४ हजार स्टिक गुलाफ बेचेको थिएँ। यसपटक ५ हजार थान बेच्ने लक्ष्य छ।’उपहारको रुपमा अन्य सामान दिए पनि धेरैले गुलाफ किन्न नछुटाउने गरेको उनले बताए। ‘विशेषगरी १२ वर्षमाथिका २५ वर्षतलका ग्राहक आउने गरेका छन्,’ उनले भने, ‘उनीहरु उपहारसँगै गुलाफ पनि लैजान्छन्।’ भ्यालेन्टाइन्स डेको अवसरमा राजधानीस्थित सैनिक मुख्यालय अगाडि ‘भ्यालेन्टाइन डे कन्सर्ट’ हुँदैछ। नारी दिवसको उपलक्ष्यमा सैनिक श्रीमती संघको आयोजनामा सुरु हुने उक्त कन्सर्टमा दीप श्रेष्ठ, यम बराल, उदय सोताङ, मनिला सोताङ सत्यराज आचार्य, स्वरुपराज आचार्य लगायतले गीत गाउने कार्यक्रम छ।
नेपाल तामाङ कला संस्कृति केन्द्रले टुँडिखेलमा गायक प्रशान्त तामाङलाई तीनवटा ब्यान्डसँगै मिस तामाङका सहभागीको प्रतिभा प्रदर्शनको कार्यक्रम राखेको छ। केही दिनदेखि पाँच तारे होटलदेखि साधारण रेष्टुरेन्टसम्म सजिएका छन्। युवा जोडीलाई स्वागत गर्न उनीहरुले होटल सजाएर गुलाबमय बनाएका छन्।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले युवायुवतीहरुलाई प्रेमका लागि प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि उनै भ्यालेन्टाइनको सम्झनामा हरेक वर्È फेब्रुअरी १४ मा दिवस मनाउने गरिएको हो।
भ्यालेन्टाइन डेका दिन राजधानीमा सार्वजनिक बगंैचामा प्रेमजोडीले भरिभराउ हुन्छन्। उपयुक्त पार्कको अभावमा कतिपय युवायुवती मन्दिरका सिँढीमा समय कटाउने गरेका देखिन्छन् । ‘एक दशकअगाडि यो केहीमा सीमित थियो,’ राजधानीस्थित गिफ्ट सपका पदम खड्काले भने,’अहिले यो निकै फैलिएको छ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.