अनुष्का शर्मा ट्रोल बन्नुमा बिराटको हात


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । अनुष्का ट्रोल बन्नुको पछाडी उनकै श्रीमान् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् ।पूरै टीम इन्डियाको साथ हाल लण्डनमा पुगेका कप्तान विराट कोहली सहितलाई त्यहाँ स्थित भारतीय उच्च आयोगले डिनर पार्टीका लागि निमन्त्रणा दिएको थियो । यसैक्रममा टोलीको साथमा अनुष्का पनि उपस्थित थिइन् ।

डिनर पार्टीको अवसरमा लिएको एक तस्वीरलाई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआइले ट्वीटरमा शेयर गरेको थियो । उक्त तस्वीरमा टीम इन्डियाका खेलाडीहरुको साथमा अनुष्का पनि देखिएकी छिन् । हरियो रंगको परम्परागत कपडामा उनी कप्तान नजिक तस्वीरको केन्द्र मागमा देखिएकी छिन् ।

बीसीसीआइले तस्वीर शेयर गरे लगत्तै धेरै ट्वीटर प्रयोगकर्ताहरुले प्रश्नको ओहिरो लगाएका थिए । प्रयोगकर्ताहरुले टीम इन्डियाको तस्वीरमा अनुष्काको उपस्थितिमाथि व्यंग्य र प्रश्नहरु उठाएका थिए । कतिपयले उप कप्तान अजिंक्य रहाणेलाई पछिल्लो पंक्तिमा उभिएको नोटिस गर्दै आलोचना पनि गरेका थिए ।

बीसीआइ क्रिकेटका लागि भएको बलिउडका लागि नभएको भन्दै अरुलाई तस्वीरमा नदेखाउन एकजनाले प्रतिक्रिया दिएका छन् । त्यस्तै अन्यले त्यस्तो तस्वीरलाई स्वीकार नगर्ने बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.