आलियाको रणवीरसँग विवाहपछिको योजना यस्तो छ


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको अफेयरको लामो समयदेखि चर्चाको विषय बनेको छ । यसैबीच जब आलियाको एक फ्यानले उनीसँग विवाहको बारेमा प्रश्न गरिन् तब उनले नहिचकिचाई मनको कुरा बताइन् ।

फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त आलियाले इन्सटाग्राममार्फत् आफ्ना फ्यानहरुसँग नजिकिने नयाँ उपाय अप्नाएकी छिन् । उनले एउटा सेशन चलाएकी छिन् जसको नाम ‘आस्क मि एनीथिङ’ हो । यस सेशन अन्तर्गत उनका फ्यानहरुले उनीसँग सम्बन्धित जुनसुकै प्रश्नहरु सोध्न सक्छन् र आलियाले जवाफ पनि दिइरहेकी छिन् ।

यसै सेशनको क्रममा आलियासँग एकजना फ्यानले ‘के तपाई विवाहपछि एक्टिङ छोड्नु हुन्छ’ भनेर प्रश्न गरेका थिए । त्यस प्रश्नको जवाफमा आलियाले स्टेटसलाई छोड्ने बाहेक अरु केही छोड्नु आवश्यक नभएको बताइन् । उनले भनिन्,‘म तबसम्म एक्टिङ गर्ने छु जबसम्म म चाहन्छु ।’ बि टाउनको खबर अनुसार आलिया र रणवीर सन् २०२० भित्र विवाह गर्दै छन् । यस्तो समयमा उनको जवाफलाई निकै महत्वका साथ हेरिएको छ ।

केही दिनअघि एक अन्तरवार्तामा ऋषि कपूरले आलिया र रणवीर सम्बन्धमाथि एउटा ठूलो बयान दिएका थिए । उनले मिड डेसँगको अन्तरवार्तामा भनेका थिए, ‘जे भैरहेको छ त्यो सबैलाई थाहा छ । मलाई केही भन्नु आवश्यक छैन । मलाई लाग्छ रणवीरको लागि विवाह गर्ने सबैभन्दा राम्रो समय यही हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.