सन्नी लियोन बुधबार मुम्बई प्रहरी स्टेसनमा



पोर्न स्टार अभिनेत्री सन्नी लियोन बुधबार मुम्बई प्रहरी स्टेसनमा देखिइन् । उनी त्यहाँ प्रहरीलाई बयान दिन आएकी हुन् । फिल्म जिस्म–२ मार्फत बलिउडमा पाइला राखेकी सन्नीले हालै नयाँदिल्लीमा भएको ग्याङ रेप सम्बन्धी विवादास्पद टिप्पणी गरेकी थिइन् । त्यसैको आधारमा निर्माता तथा अभिनेता कमल खानले उनी विरुद्ध मुम्बई प्रहरीमा मुद्दा हालेपछि सोधपुछका लागि बोलाइएको हो । स्रोतका अनुसार प्रहरीले उनलाई साइबर अपराधका बारेमा सोधपुछ गरेका थिए ।
सन्नीले केही दिनअघि मात्र बलात्कारको बारेमा विवादास्पद टिप्पणी आफ्नो ट्विटर वालमा ट्विट गरेकी थिइन् । त्यसपछि सन्नीको ट्विटर अकाउन्टसमेत हृयाक भएको बताइन्छ । तर सन्नीले भने आफूमाथि लागेको आरोपलाई अस्वीकार गरेकी छन् । ‘बलात्कारलाई त्यस्तो खराब कुरा ट्विट गरेकी छैन,’ उनले भनिन्, ‘रेफ क्राइम होइन, सरप्राइज सेक्स हो मात्र भनेकी थिएँ ।’ सन्नीले यस्तो आफ्नो अभिव्यक्तिले कसैलाई हानी नपु-याउने दाबी गर्दै भनिन्, ‘तर आज यही कुरा यहाँ मुद्दा बनेको छ ।’ उनले दिल्ली बलात्कार प्रकरणले आफू पनि मर्माहत भएको बताइन् । ‘म त्यति साह्रै संवेदनहीन छैन,’ उनले भनिन्, ‘दिल्लीको ग्याङ रेफ काण्डपछि यहाँ (भारत) जोसुकै महिला जतिखेर पनि बलात्कृत हुन सक्छन् भन्ने चिन्ता मलाई पनि छ । त्यसैले त्यस्तो घटीया टिप्पणी गर्नै सक्दिनँ ।’