टर्कीमा प्रदीप मिरुनाको रोमान्स ‘रोजी’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रोजी’ को पहिलो गीत ‘फूल हैन…’ सार्बजनिक गरिएको छ । प्रदीप खड्का र मिरुना मगर फिचर्ड गीतलाई टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ । ब्याकग्राउन्ड स्कोरर समेत रहेका एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

क्राइम थ्रीलर र रोमान्टिक जनराको चलचित्रलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो प्रोजेक्ट हो जसमा अलग जनर बुनिएको छ । अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको चलचित्रले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपन को कथा पेश गर्छ । चलचित्र आगामी भाद्र २२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.