संचारकर्मी सुबेदीको निर्देशनमा ‘बकम्फुसे राजा’ बन्ने घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समय पत्रकारितामा बिताएका संचारकर्मी प्रकाश सुबेदीले अब ठुलो पर्दाको चलचित्र निर्देशन गर्ने भएका छन् पत्रकारितामा करिब तीन दशक बिताइसकेका सुवेदीले यसअघि ‘हर्के हवल्दार’, ‘रिसानी माफ पाउँ’ लगायतका टेलिचलचित्रहरु निर्देशन गरिसकेका छन् । सुवेदीको निर्देशनमा बन्न लागेको चलचित्रको नाम ‘बकम्फुसे राजा’ रहेको छ ।

शनिवार राजधानीमा आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको निर्माण घोषणा गरिएको हो । सुवेदी फिल्मस्को ब्यानरबाट बन्ने चलचित्रमा लगानी अस्ट्रेलियामा बसोबास गरिरहेका गणेश सुवेदीले गर्दैछन् । चलचित्र कमेडी जनराको बन्ने निर्देशक सुवेदीले जानकारी दिए ।

सुनिल श्रेष्ठको कथा रहेको चलचित्रलाइ छायाङ्कन विष्णु कल्पितले गर्ने छन् भने संगीत अर्जुन पोखरेलको रहने छ । चलचित्रमा कलाकारहरू को रहनेछन् भन्ने खुलाइएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.