प्रेमकथामा बन्ने भो ‘प्रेमचरी’


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रेमकथामा आधारित रहेर नयाँ चलचित्र ‘प्रेमचरी’ निर्माण हुने भएको छ । बिचल किराँतीको निर्देशनमा निर्माण हुने चलचित्रको राजधानीमा मुर्हुत गरियो । एबीआर फिल्मस् र आइ स्टार इन्टरनेशनल फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना वली, सञ्जय श्री र मनमोहन ठाकुर ‘दिलिप’को अभिनय रहनेछ ।

सञ्जय श्री र मोनिकाकुमारी ठाकुर निर्माता रहेको चलचित्रमा चन्द्र भट्टराईको कथा, ओम सुनारको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, पवन गौतमको छायांकन र रेवन्त थापाको द्वन्द्व रहनेछ । चलचित्रको छायांकन भदौ १ गतेबाट शुरु हुने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.