‘मिस्टर भर्जिन’को प्यारोडी बनाउनुहोस ५० हजार पाउनुहोस


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय चलचित्र मेकरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फण्डाहरु अपनाउने गर्छन् । त्यसमा पनि दर्शकलाई नजिकबाट चलचित्रको बारेमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ । चलचित्र मिस्टर भर्जिनले भने नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो । यसमा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउने पर्नेछ । जुन प्यारोडीलाई info.tridentconcept@gmail.com मा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

सेक्स कमेडीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.