कायरा र झमक बहादुर प्रदर्शनमा,आर्यन र अनुपको भिडन्त


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत आज बाट दुइ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘कायरा’ संग अनुप बिक्रम स्टारर कमेडी चलचित्र ‘झमक बहादुर’ले प्रतिस्पर्धा गर्दैछ ।

चलचित्र ‘कायरा’ मा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय रहेको छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी) को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् भने दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरनेन्मेन्टको प्रस्तुतीमा बनेको चलचित्र ‘झमक बहादुर’ मा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकार मुख्य भूमिकामा रहेको छ। चलचित्र ‘झमक बहादुर’ भोमन कटुवालले निर्देशन गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.