‘पुरानो बुलेट’ छायांकनको अन्तिम चरणमा


सेलिब्रेटी नेपाल काठमाडौँ
क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ। असार १६ देखि छायांकन सुरु भएको यस चलचित्र काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरी शनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ।

अब बाँकी १५ प्रतिशत काठमाडौंमा छायांकन गरिने निर्माता मध्येका विरेन साम्बाले जानकारी दिए। चलचित्रमा अनुपविक्रम शाही प्रमुख भूमिकामा छन्। शाहीलाई नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुले साथ दिएका छन्।

पत्रकार भीषण राईकोे डेब्यु निर्देशन रहेको चलचित्रको कथा पत्रकारद्वय सन्तोष राई र निर्देशक भीषण राईले लेखेका हुन्। यस्तै चलचित्रमा अन्य कलाकारहरु कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन्।

चलचित्रलाई दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टीकाराम राई र अशोक साम्पाङ राईले निर्माण गरिरहेको यस चलचित्रमा कार्यकारी निर्माताको भूमिका सञ्चाकर्मी सन्तोष राईले नै सम्हालिरहेका छन्। हरि घले लामाले खिचिरहेको ‘पुरानो बुलेट’को संगीतकार उत्तमजंग लिम्बु हुन् भने गायनमा ‘जमुना’ राजेश पायल राई, ‘दही चिउरा असार १५ मा’ उत्तमजंग लिम्बु र मेलिना राई, यस्तै थिम सङ ‘पुरानो बुलेट’ जयन जे.वाइबाको स्वर सुन्न सकिनेछ।

गीतहरुको एरेन्ज महाराज थापा, साहस शाक्यले गरेका हुन् भने गीत राम भट्टराई, माया मगर र जयन जे वाइवाले लेखेका हुन्। पूर्वेली एक युवाको कथा अनिपूर्वेली रितीरिवाज र संस्कार यस चलचित्रको मेरुदण्ड रहेको बताइएको छ। चलचित्र मंसिरमा प्रदर्शन ल्याउने क्रेजी इन्टरटेनमेन्टले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.