गोपी बनेका खगेन्द्रको जोडी सुरक्षा संगै वर्षा पनि


सेलिब्रेटी नेपाल काठमाडौँ

छायाँकनको अन्तिम तयारीमा रहेको चलचित्र ‘गोपी’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन्। चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्तसँगै उनी जोडिएकी हुन्। ‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए। दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो। खगेन्द्रले दुवै अभिनेत्रीहरुसँगै पहिला पनि काम गरिसकेका छन्। अब एउटै चलचित्रमा दुवै अभिनेत्रीहरुसँगै काम गर्न उनी उत्साहित छन्। उनले भने ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु।

वर्षाले ‘पशुपति प्रसाद’को दाँजोमा गोपीमा खगेन्द्र र उनको केमिस्ट्री धेरै रहेको बताइन्। चलचित्रमा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । निर्माण टिमले आगामी चैत १५ लाई प्रदर्शन गर्ने लक्ष्य राखेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.