‘झमकबहादुर’ हेर्न अभिभाबक अनिबार्य


सेलिब्रेटी नेपाल काठमाडौँ

यही श्रावण १८ गते नेपाल भरी प्रर्दशनको तयारी रहेको चलचित्र ‘झमकबहादुर’लाई सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र जाँच पास समितिले सेन्सर पास गरेको छ । चलचित्रमा बिशेषत अपहरण र सुन तस्करीलाई उठान गरेको हुदा चलचित्र जाँच पास समितिले रोक लगाएको थियो ।

यो चलचित्रको पहिलो ट्रेलर सार्वजनिक सँगै हिंदी चलचित्र मुम्बई एक्सप्रेसको कपि भनेर धेरैआलोचना खेप्दै आएको छ ।यो चलचित्र हेर्नका लागि १६ वर्ष भन्दा कम उमेरकाले साथमा अभिभावक लिएर जानु पर्ने हुन्छ । चलचित्रले सेन्सर पास भए सगै खुशी भएको निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङ ले बताए ।

चलचित्रमा कुनै पनि सिन नहटाईएको र केही ठाउमा अपशब्द प्रयोग भएको हुदा मिउट लगाउन चलचित्र जाँच पास समितिले निर्देशन दिएको निर्देशक भोमन कटुवालले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.