प्रदिप र जसिताको रोमान्स अब अस्ट्रेलियामा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लिलिबिली’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । चलचित्रका निर्माता गोबिन्द शाहीले ‘लिलिबिलि’ ४ अगष्टमा मेलवर्गको नोभा सिनेमा हलमा प्रदर्शन हुने जानकारी दिए । गत चैत्र ३० गते नेपालमा प्रदर्शनमा आएको चलचित्रले स्वेदश प्रदर्शनबाट राम्रो चर्चा बटुलेको थियो । चलचित्रले विभिन्न अवार्डमा थुप्रै अवार्डहरु पनि जित्न सफल भएको छ।

‘अभिनेता प्रदीप खड्का अहिले अष्ट्रेलियामा छन्’ शाहीले भने ‘उनी त्यहाँ भएको समयमा अन्य बिभिन्न शहरमा पनि चलचित्र प्रदर्शन गरिनेछ ।’ प्रदीप चलचित्र ‘रोजी’छायाँकनका लागि अष्ट्रेलिया पुगेको शाहीको भनाई रहेको छ ।

चलचित्र नेपाल प्रदर्शन अगाडि जापानको टोकियोस्थित नकानो जिरो हलमा प्रिमियर गरिएको थियो । मिलन चाम्स निर्देशित चलचित्रमा प्रदीप कार्की,जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सले मिलेर बनाएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.