आर्यन र साम्राज्ञी चितवनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता आर्यन सिग्देलले अभिनय तथा निर्माण गरेको चलचित्र ‘कायरा’ प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । यहि १८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘कायरा’ का मुख्य दुई कलाकार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह प्रचार प्रसारको लागि सोमबार चितवन पुगेका छन्।

शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकरी गराएको ‘कायरा’ले सोमबार चितवनका पत्रकार माझ आफ्नो चलचित्रको बारेमा जानकारी दिएको छ। अभिनेता आर्यन सिग्देलले चलचित्र ‘कायरा’ एउटा गहिरो लव स्टोरी हो ,चलचित्रको मुख्य पात्र मायामा असफल भए पछि फिलिपिन्स गएको कथाबस्तुमा चलचित्र रहेको बताएका छन् । फिलिपिन्समामा सबै कुराले सजिलो भएर चलचित्रको छायांकन गर्न त्यहा गएको बताउदै। सबै कुरामा भाग्यमानी पात्र जब मायाको कुरा आउछ अभागी रहेको बताउदै अरु चलचित्रमा भन्दा पत्र फरक रहेको बताउदै चलचित्र निकै राम्रो बनेको पत्रकार माझ जानकारी दिए।

चलचित्रकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र ‘कायरा’ मायामा ब्रेकअप पछिको कुराहरु देखाउन खोजिएको छ। आफुले चलचित्र खेल्नुको कारण थाहा पाउनको लागि चलचित्र हेर्ने पर्ने बताए। आर्यन सग काम गर्दा आफुले धेरै कुरा सिकेको भन्दै आर्यनको खुलेरै तारिफ गरिन ।

चलचित्रमा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी) को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् भने दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.