अपहरण र सुन तस्करीको कथामा बनेको ‘झमकबहादुर’ लाई सेन्सरले रोक्यो


सेलिब्रेटी नेपाल काठमाडौँ

यही श्रावण १८ गते नेपाल भरी प्रर्दशनको तयारी रहेको चलचित्र झमकबहादुर लाई सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र जांच पास समितिले सेन्सर पासमा रोक लगाएको छ। चलचित्रमा बिशेषत अपहरण र सुन तस्करीलाई उठान गरेको हुदा चलचित्र जाच पास समितिले रोक लगाएको हो। यस चलचित्रको पहिलो ट्रेलर सार्वजनिक संगै हिंदी चलचित्र मुम्बई एक्सप्रेस को कपि भनेर धेरैनै आलोचना खेप्दै आएको छ।

‘चलचित्रमा हामीले समाजमा घटेको घटनालाई सकारात्मक तथा सन्देश मुलक कथा वस्तुमा प्रस्तुत गरेको छौ’ निर्देशक भोमन कटुवाल बताउछन। चलचित्रमा कुनै आपत्ति जनक सिनहरु र समाजमा नकारात्मक सन्देश दिने संदेश नरहेकोले चलचित्र जांच पास समितिले रोक लगाउन नहुने उनको भनाई छ।

गलत काम गर्ने जो कोही कानुनी संजाएको भागेदार हुनु पर्दछ। कानुनले धनि ,गरीब कसैलाई पनि चिन्दैन कानुनि राज्यमा गलत काम गर्ने जो कोही पनि सजाएको भागेदार हुनु पर्दछ। यस्तै कुराहरुलाई हामीले हास्य व्यंग्य मार्फत प्रस्तुत गरेका छौ। निर्माता मिन कुमार तामाङ बताउछन । यो कुरालाई नै लिएर चलचित्रको जाच पास नै रोक्न नहुने उनको भनाई छ।चलचित्र झमकबहादुर टिम चलचित्र जाच पास समितिले यस चलचित्रको जाच पास रोके सगै तनावमा परेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.