सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘छक्का पन्जा ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका सबै जसो कलाकारलाई अटाईएको छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द कोरेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले छायांकन गरेका हुन् ।
गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत बुद्धि तामांङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र जीतु नेपाल (मुन्द्रे) हुन्। चलचित्र आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।